गृह मन्त्रालयद्वारा एआईजी दाहाललाई बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय भएको जानकारी दिएका छन् । सहसचिव काफ्लेले एआईजी दाहाललाई विभागीय कारबाही गरिएको पनि जनाएका छन् ।

एआईजी दाहालले आचरण सम्बन्धी कुरा बारबार उल्लंघन गरेको, बारबार अनुशासनहीन काम गरेको नेपाल सरकार वा आफू कार्यररत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पु¥याउने कार्य गरेको कसूरमा २०८३ असोज २३ गतेबाट लागू हुने गरि सशस्त्र प्रहरी सेवाबाट हटाउने गरि विभागीय कारबाही गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

एआईजी दाहाललाई पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र अन्य केही व्यक्तिहरूसँग जोडेर अनुसन्धान गर्ने क्रममा प्रमाणहरू फेला परेपछि विभागीय कारबाही र सेवाबाट हटाउने निर्णय सरकारले गरेको जनाइएको छ । विज्ञप्तिमा यो विषय उल्लेख छैन ।

Published : Friday, 2026 October 9, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया