दाङमा कांग्रेसको वडा अधिवेशन शुरु, घोराही १५ मा पाण्ड सभापतिमा निर्वाचित

घोराही । शेरबहादुर देउवा पक्षीय नेताहरूको नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति दाङले वडा अधिवेशनहरू शुरु गरेको छ ।

बिहीबार घोराही उपमहानगरपालिका वडा नं. १५ को वडा अधिवेशन सम्पन्न भएको छ । दाङ कांग्रेसका संयोजक गोपालराज शर्माका अनुसार वडा अधिवेशनबाट सभापतिमा यज्ञबहादुर पाण्डे सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू पनि चयन भएको संयोजक शर्माले बताए ।

वडा अधिवेशनमा दाङ कांग्रेसका संयोजक शर्माका साथै पूर्वसभापति वीरकेश्वर गौतम, लुम्बिनी प्रदेश कांग्रेसका सदस्य सचिव बमबहादुर डिसी, नेताहरू बद्री खड्का, पुष्पा श्रेष्ठ, दाङ क्षेत्र नं. २ का क्षेत्रीय संयोजक खेमराज विश्वकर्मासहितका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस दाङका संयोजक शर्माले सबै वडामा अधिवेशन गरिने बताए । उनले त्यसका लागि प्रतिनिधिहरू खटाइसकिएको जानकारी दिएका छन् ।

Published : Thursday, 2026 October 1, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया