कांग्रेसको अधिवेशनमा दाङ २ का सभापतिका उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

घोराही । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को अधिवेशन विवादमा परेको छ ।

महेन्द्र बहुमुखी क्यापस दाङमा उपप्राध्यापक प्रकाश श्रेष्ठ नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं २ को सभापति पदमा उम्मेवार बनेपछि उजुरी परेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी श्रेष्ठले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । श्रेष्ठ यसअघि दाङ २ प्रदेश सभा क्षेत्र नं. १ को सभापति पनि रहेका थिए ।

क्षेत्रीय सभापतिमा घोराही १७ का सन्तोष योगीले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् ।

सरकारी जिम्मेवारीमा रहेको व्यक्ति उम्मेदार बनेको भन्दै पार्टीभित्रैबाट उम्मेदवारी खारेज गर्न निवेदन परेको एक नेताले बताएका छन् ।

संस्कृत विषयमा करार सेवा हुँदै २०७३ सालमा प्रवेश गरेका श्रेष्ठ स्थायी नियुक्ति भएका थिए ।

उम्मेदारी खारेज माग गरेको पत्रमा ‘दाङ क्षेत्र नं. २ को सभापति पदमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा उपप्रध्यापक पदमा कार्यरत प्रकाश श्रेष्ठले सभापति पदमा उम्मेदवारी दर्ता गरेकाले, राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा १४(२) तथा शिक्षण प्राध्यापक सम्बन्धि सेवा नियमावलीअनुसार सरकारी सेवा वा अनुदान प्राप्त शिक्षण संस्थानमा कार्यरत बहालवाला प्राध्यापकले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा रहनु वा दलको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था छ तसर्थ सभापतिका प्रत्यासी उम्मेदवार प्रकाश श्रेष्ठको उम्मेद्वारी खारेज गरी पाउँ’ भनेर लेखिएको छ ।

Published : Tuesday, 2026 September 29, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया