खेलकुद संघका अध्यक्ष शेरचन महाधिवेशन प्रतिनिधि चयन
पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शेरचान कास्की ३ बाट सर्वसहमत रुपमा चयन भएका हुन् ।
शेरचानले विगत लामो समयदेखि खेलकुद क्षेत्रमा नेतृत्व प्रदान गर्दै कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघलाई महासंघ बनाउने अभियानमा रहेका खेलकुद अध्यक्ष देवेन्द्रकुमार शेरचनले ७७ वटै जिल्लामा खेलकुदको जिल्ला अधिवेशन सम्पन्न गरिसकेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको ६ प्रदेशमा खेलकुद संघ अधिवेशन सकेर केन्द्रीय अधिवेशनको अन्तिम तयारीमा रहँदै गर्दा जेनजि आन्दोलनले प्रभावित भएका थिए ।
शेरचन अब कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेपालको सम्पूर्ण खेल क्षेत्र र कांग्रेसको भ्रातृ संरचनामा सक्रिय शेरचनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दावी प्रस्तुत गर्ने क्रममा विपिको सिद्धान्त, अग्रज नेताहरूको मार्गदर्शन अवलम्बन गर्ने तथा युवालाई पार्टी संगठनसँग जोड्ने, शुभेच्छुक संस्थाहरूलई प्रभावकारी बनाउने, संगठनलाई समावेशी तथा गतिशील बनाउने बताएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया