‘नामी’मा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास

काठमाडौं । ‘नामी’ स्कुल, जोरपाटी, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा प्राथमिक, मिडिल र सेकेन्डरी तहका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि विपद् जोखिम न्यूनीकरण, भूकम्प तथा आगलागी सुरक्षा अभिमुखीकरण र व्यावहारिक अभ्यास सञ्चालन गरेको छ ।

कार्यक्रममा सहभागीहरूले भूकम्प तथा आगलागी हुनुअघि, भइरहेको बेला र त्यसपछि अपनाउनुपर्ने सुरक्षा उपाय, आपत्कालीन निकास, सुरक्षित स्थानमा पुग्ने प्रक्रिया, जोखिम पहिचान तथा आपत्कालीन अवस्थामा शान्त र संयमित भएर प्रतिक्रिया दिने तरिका सिकेका छन् ।

व्यावहारिक सुरक्षा अभ्यासमार्फत विद्यार्थीहरूले सिकेका कुरालाई प्रत्यक्ष रूपमा अभ्यास गर्ने अवसरसमेत पाएका छन् ।

कार्यक्रमले विद्यार्थीहरूमा विपद् पूर्वतयारी, सुरक्षा सचेतना, अनुशासन, सहकार्य र जिम्मेवारीको भावना विकास गर्दै आपत्कालीन अवस्थामा आफू र अरूको सुरक्षाका लागि सही निर्णय लिन सक्ने आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पु¥याएको छ ।

‘नामी’ले सुरक्षित र विपद्का लागि तयार विद्यालय समुदाय निर्माणका लागि यस्ता व्यावहारिक सिकाइ तथा सुरक्षा कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको छ ।

Published : Tuesday, 2026 September 29, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया