संसदीय दलका उपनेता शाहद्वारा कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
कृष्णनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट को महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका उपनेता शाहले कांग्रेसको १५औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका छन् । युवा नेता शाहले आइतबार सामाजिक सञ्जालमार्फत् आफू मधेशी आरक्षणतर्फ सह–महामन्त्री पदमा उम्मेदवार बन्न लागेको बताएका छन् ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सह–महामन्त्री (मधेशी आरक्षण) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु,’ युवा नेता शाहले भने, ‘पार्टी, मधेश र समग्र देशको हित तथा विकासका मुद्दालाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया