पूर्व प्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी पञ्चायती शासनको पुनरावृत्ति : कांग्रेस सांसद ढुङ्गाना
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए ।
सांसद ढुंगानाले कानूनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक घटनाहरूको सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन् ।
‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर विना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ कांग्रेस सांसद ढुङ्गानाले भने, ‘दुईतिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ । जुनसुकै घटनामा सरकारले संसदलाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन ।’
शनिबार मध्यराति प्रहरी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई घरबाट बिना कारण पक्राउ गरेर झण्डै १५ घण्टा हिरासतमा राखेर छाडेको छ । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालय, टेकुले जबरालाई पक्राउ गरेर हिसातमा राखेको थियो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया