कांग्रेसको असोज १५ देखि हुन लागेको वडा अधिवेशन इतिहासबाट शक्ति लिएर भविष्य बनाउन हो : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता किरणराज शर्मा पौडेलले असोज १५ गतेदेखि शुरु हुन लागेको वडा अधिवेशन इतिहासबाट शक्ति लिएर भविष्य बनाउने उद्देशयका साथ राष्ट्रिय पर्वका रुपमा सहभागी हुन अपील गरेका छन् ।
शेरबहादुर देउवा पक्षीय कांग्रेस नेता पौडेलले भने, ‘इतिहास मेट्न होइन, इतिहासबाट शक्ति लिएर भविष्य बनाउन । विरासत बिर्सन होइन, योगदानको सम्मान गर्दै वीपीको लोकतान्त्रिक समाजवादको मूल भावनालाई समयानुकूल व्यवहारमा रूपान्तरण गर्न हो ।’
‘राजनीतिलाई पद र निर्वाचनमा सीमित राख्न होइन, नयाँ पुस्ताका लागि सुशासन, सामाजिक न्याय, समान अवसर र समृद्धिसहितको नयाँ संरचना बनाउन,’ उनले भने, ‘भू–राजनीतिमा मात्र होइन, ईको–राजनीतिलाई पनि केन्द्रमा राख्दै नागरिकको जीवन, रोजगारी, उत्पादन र अर्थतन्त्रलाई राजनीतिको केन्द्रमा राख्न ।’
नेता पौडेलले भने, ‘हिजोको विरासत, आजको आवश्यकता र भोलिको सपना जोड्ने नयाँ कांग्रेस बनाउन । त्यसैले यो केवल अधिवेशनको वडा यात्रा होइन, इतिहासलाई सम्मान गर्दै भविष्य निर्माण गर्ने नयाँ यात्राको सुरुवात हो ।’
‘इतिहास हाम्रो आधार ! सुधार हाम्रो बाटो ! समृद्ध नेपाल हाम्रो गन्तव्य ! असोज १५ – वडा–वडाबाट नयाँ यात्राको सुरुवात हो,’ उनले भनेका छन् ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा आफूहरू असोज १५ गते वडा–वडामा जान लागेको र वडा अधिवेशनलाई देशभरि राष्ट्रिय पर्व बनाउन अनुरोध गरेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया