पूर्व प्रधानन्यायाधीश पक्राउबारे तथ्य विस्तारै आउँछ, छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने घातक हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए ।

संयोजक दाहालले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ ।’ उनले यस्ता घटना नदोहो¥याउन सरकारलाई आग्रह गरेका छन् ।

सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनले बताए । यदी साँच्चै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने दाहालले बताएका छन् ।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने । सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन प¥यो नि,’ दाहालले भने ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट उठाएर लगेको थियो । बिरोध भएपछि जबरालाई आइतबार दिउँसो प्रहरीले छाडेको थियो । जबरालाई पक्राउ गरेको विषयमा विभिन्न क्षेत्रबाट सरकारको आलोचना भइरहेको छ ।

Published : Monday, 2026 September 28, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया