पूर्वपश्चिम महेन्द्र राजमार्गको सातमारामा ईभी गाडी दुर्घटना, चालक शाक्य घाइते
भालुबाङ । पूर्वपश्चिम महेन्द्र राजमार्गको अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ज ०१५९ नम्बरको ईभी गाडी शनिबार राति करीब ९ः१५ बजे सडकबाट १५/२० मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीका चालक दाङको राप्ती गाउँपालिका–१ पुलचोक निवासी ३२ वर्षीय उज्वल शाक्य गाडीमा च्यापिएका छन् । घटनापछि सशस्त्र प्रहरी बलको गणबाट सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीको कमाण्डमा ३५ जना र इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा १० जनाको संयुक्त टोली घटनास्थल पुगेर उद्धार गरेको छ ।
उद्धार टोलीले राति १०ः२५ बजे चालक शाक्यलाई सकुशल उद्धार गरेर उपचारका लागि पठाएको छ । उद्धारपछि शाक्यलाई एम्बुलेन्समार्फत उपचारका लागि भालुवाङ अस्पताल, दाङमा लगिएको प्रहरीले जनाएको छ ।
शाक्यको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया