टाउको राखेर अनुहार बिकाउन ठूलै होडबाजी छ, ती तपाईंका हुँदै होइनन् : कांग्रेस नेतृ समित्रा थिङ
काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङले गगन थापाको टाउको देखाएर मार्केटिङ गरिरहेका नेता तथा कार्यकर्ताहरू कुनै पनि हालतमा गगनको हुनै नसक्ने बताएकी छिन् ।
शुक्रबार नेतृ थिङले सामाजिक सञ्जालमार्फत् गगन थापाको टाउको राखेर आफ्नो अनुहार बिकाउको धन्दामा लागेको बताएकी हुन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन नामको बजारमा गगन थापाको टाउको राखेर आफ्नो अनुहार बिकाउने ठूलै होडबाजी छ…।’
‘ढुक्क हुनु गगन दाई ती प्रायः सबै स्वार्थको रोटीसेक्न आइपुगेकाहरू हुन् तपाईंको असली सपोर्टर एक होइन, दुई होइन, तीन होइन…लेखेर राख्नु,’ कांग्रेसकी युवा नेतृ थिङले भनेकी छिन् ।
तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले भनेअनुसार क्रियाशील सदस्यता अध्यावधि गरेकी थिइन् । तर, वडा अधिवेशनका बेला नेतृ थिङको क्रियाशील सदस्यता नै सानेपाबाट हटाइदिएपछि उनी वडा अधिवेशनमा भाग लिन पाइनन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नं. १ बाट नेतृ थिङले क्रियाशील सदस्यता अध्यावधि गरेकी थिइन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया