दुई हजार ९ सय ६८ जनाको सैन्य आधार तालिम समापन

काठमाडौं । नेपाली सेनाका सैन्य तालिम केन्द्र लगायत विभिन्न २२ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न भएको छ ।

शुक्रबार २ हजार ५ सय २ जना पुरुष तथा ४६६ जना महिला गरी कुल २ हजार ९ सय ६८ जना सैन्यहरू दीक्षित भएका छन् ।

विभिन्न स्थानहरूमा आयोजित अन्तिम दलेल कवाजमा रथीवृन्दहरूले कवाज निरीक्षण गरेर उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

समापन समारोह कार्यक्रमहरूमा जिल्ला तथा स्थानीय निकायका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवारजन लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2026 September 25, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया