ओखलढुङ्गामा अधिवेशन गर्न देउवा पक्षद्वारा राजभण्डारीलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ओखलढुङ्गा जिल्लामा बालगोविन्द राजभण्डारीलाई जिल्ला संयोजक बनाएका छन् ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेता राजभण्डारीलाई ओखलढुङ्गाको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।
केन्द्रीय प्रतिनिधि गोमा के.सी.को सिफारिसमा राजभण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको हो । नेतृ के.सी.ले ओखलढुङ्गामा शेरबहादुर देउवा पक्षीय नेताहरूले अधिवेशनको तयारी शुरु गरिसकेको बताएकी छिन् ।
राजभण्डारी ओखलढुङ्गा जिल्लामा पार्टीको संगठन निर्माणमा ठूलो योगदान पु¥याए पनि अहिलेसम्म अवसर नपाएका नेतामा पर्छन् ।
देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज १५ गते वडा अधिवेशनको तयारी गरिहेको छ । ओखलढुङ्गामा देउवा पक्षमा लागेका नेता तथा कार्यकर्ताहरू निष्ठवाना र दाग नलागेकाहरू छन् ।
तथाकथित विशेष महाधिवेशनको नाममा गगन थापाले नेपाली कांग्रेसलाई हाइज्यक गरेर कांग्रेसलाई इतिहासकै कमजोर बनाएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया