पूर्वराष्ट्रपतिलाई एमालेको वरिष्ठ नेता पद, ओलीद्वारा ७ नेताको बढुवा
काठमाडौं । एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीतसहित बढुवा गरेको छ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्यमा मनोनीत हुनेमा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारी छन् । पोखरेल यसअघि एमालेको पूर्वउपाध्यक्ष थिए ।
सचिवालय बैठकको निर्णयपछि केन्द्रीय कमिटी बैठकले सचिवालयबाट प्रस्तावित सातै जनाको नाम अनुमोदन गरेको छ ।
एमालेले पार्टीको नेतृत्व संरचनामा पूर्वपदाधिकारी तथा अनुभवी नेताहरूलाई स्थायी कमिटीमा समेटेको छ ।
सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष पोखरेलसहित पूर्वउपमहासचिव, पूर्वसभामुख तथा अन्य नेताहरूलाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो ।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया