कांग्रेसको अधिवेशन गराउन दैलेखको जिल्ला संयोजकमा मीनबहादुर विश्वकर्मा मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मीनबहादुर विश्वकर्मालाई दैलेख जिल्लाको जिल्ला संयोजकमा मनोनयन गरेको छ ।

समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले विश्वकर्मालाई जिल्ला संयोजकमा मनोनयन गरेर शेरबहादुर देउवा पक्षीय नेताहरूको असोज १५ गतेदेखि शुरु हुने वडा अधिशेनलाई सफल बनाउन निर्देशन दिएका छन् ।

संयोजक प्रा.डा.कोइरालाले जिल्ला संयोजक राईलाई तोकिएको समयभित्र वडा अधिवेशन शुरु गर्न निर्देशन दिएका छन् । कांग्रेसका युवा नेता विश्वकर्माले संयोजक प्रा.डा.कोइरालाको निर्देशन बमोजिम वडा अधिवेशन शुरु गर्ने बताएका छन् ।

शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन शुरु गर्न लागेका छन् । मंसिरको २१, २२ र २३ गते ३ दिन काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

तथाकथित विशेष महाधिवेशनको नाममा गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । गगन समूहले अदालतमा बिचाराधीन रहेको मुद्दालाई प्रभावमा पर्ने रणनैतिक योजनाअनुसार अधिवेशनको कार्यक्रम अगाडि बढाएको छ । त्यसको जवाफमा देउवा पक्षले पनि वडा अधिवेशन शुरु गर्न लागेका छन् ।

Published : Wednesday, 2026 September 23, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया