लुइटेलले गगनको नाम बबण्डर मच्चाएपछि सुनकोशी १ को वडा अधिवेशन बिथोलियो
ओखलढुङ्गा । तथाकथित महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको ओखलढुङ्गाको एउटा वडामा अधिवेशन बिथोलिएको छ ।
आइतबार सुनकोशी गाउँपालिका वडा नं. १ मा गगन समूहको वडा अधिवेशन हुने कार्यक्रम रहेको थियो । यो वडा प्रतिनिधि सभा निर्वाचनमा पराजित गगन निकटका नेता कुमार लुइटेलको हो ।
गगन निकट मानिने लुइटेलका कारण वडा अधिवेशन बिथोलिएको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन् । लुइटेलले आफू निकटका व्यक्तिलाई मात्रै राख्न निकै जोडबल गरेका थिए । अन्य इच्छुक नेताहरूप्रति निरंकुश गतिविधि लुइटेलले देखाएका थिए ।
क्रियाशील सदस्य र स्थानीय नेताहरूले सर्वसहमति हुन्छ भने सोहीअनुसार अगाडि बढौँ होइन भने लोकतान्त्रिक प्रक्रियाअनुसार मित्रवत् प्रतिस्पर्धा गर्न आग्रह गर्दा डराएर खुट्टा कमाएका लुइटेलले गगनको नाम लिएर बबण्डर मच्चाएको क्रियाशील सदस्यहरूले बताएका छन् ।
वडा सभापति र कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूमा लुइटेलले कब्जा गर्न खोजेपछि क्रियाशील सदस्यहरूले बिरोध जनाएका छन् । लुइटेलको हर्कतको क्रियाशील सदस्य र स्थानीय नेताहरूले कडा रुपमा प्रतिबाद गरेका छन् ।
गगनको नाम लिएर लुइटेलले वडा अधिवेशनमा आफ्नो बर्चश्व देखाउन खोजेका थिए । लुइटेललाई क्रियाशील सदस्यहरूले टेरपुच्छर लगाएका छैनन् । त्यसपछि वडा अधिवेशन बिथोलिएको थियो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया