प्यूठान कांग्रेसमा देउवा पक्ष सशक्तरुपमा एक देखियो, केन्द्रीय प्रतिनिधि विष्टद्वारा धन्यवाद व्यक्त
बाग्दुला । नेपाली कांग्रेस प्यूठानका उपसभापति समेत रहेका नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति प्यूठानका केन्द्रीय प्रतिनिधि ईश्वरसिंह विष्टले आफूहरूको अनुरोधलाई स्वीकार गरि तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनको विपक्षमा उभिएर सहयोग गर्ने जिल्लाभरिका क्रियाशील सदस्य र स्थानीय नेता तथा कार्यकर्ताहरूप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।
शनिबार प्रेस नोट जारी गरेर केन्द्रीय प्रतिनिधि विष्टले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले एकलौटी रुपमा गरेको वडा अधिवेशनमा अनुपस्थित भइ संयुक्तरुपमा देखाइएको एकताको प्रशंसा गरेका छन् । उनले क्रियाशील सदस्य, स्थानीय नेता तथा कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिएका छन् ।
प्यूठान जिल्लामा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले गरेको अधिकांश वडाहरूको वडा अधिवेशनमा आवश्यक गणपूरक संख्या पुगेको छैन । संख्या नपुगेपछि तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले सर्वसहमतिको नाममा वडा कार्यसमिति बनाउने, क्षेत्रीय प्रतिनिधि चयन लगायतका गतिविधि गरेका उपसभापति विष्टले बताए । उपसभापति विष्टले भने, ‘नेपाली कांग्रेसलाई पनि कीर्ते गतिविधि गरेर कब्जा गरेर नेतृत्वमा पुगेकाहरूले प्यूठानका वडाहरूमा पनि त्यही कीर्ते गतिविधि गरेका छन् । विधि, विधान, पद्धति विपरीतका यस्ता खालका गतिविधिहरू धेरै समय टिक्दैनन् । एकदिन बिष्फोट हुन्छ ।’
गणपूरक संख्या नपुगेका अधिकांश वडाहरूमा कागजीरुपमा तथाकथित विशेषवालाहरूले कीर्ते हर्कत गरेको उपसभापति विष्टले बताए ।
उपसभापति विष्टले भने, ‘प्यूठान जिल्लामा शनिबार तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनमा करीव ३० प्रतिशत क्रियाशील सदस्यहरू मात्रै सहभागी भएको हाम्रो अनुमान छ । धेरै क्रियाशील सदस्यहरू विशेषवालाहरूसँग देखिनु भएको छैन ।’
तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेपछि कांग्रेस छिन्नभिन्न भएको छ । गगनले अदालतमा मुद्दा बिचाराधीन रहेका बेला एकलौटी रुपमा अधिवेशन घोषणा गरेर पार्टी विभाजनको गतिविधि गरेपछि देशभरिका लाखौँ नेता तथा कार्यकर्ताहरू चिन्तित छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया