राजेन्द्र महतोको दलका महासचिव झासहित ९ जनाद्वारा पार्टी परित्याग
काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपालका महासचिव केशवकुमार झासहित ९ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार अध्यक्ष महतोलाई महासचिव झा र ८ जना केन्द्रीय सदस्यहरूले राजीनामा पत्र बुझाएका छन् । उनीहरूले राजीनामा पत्रमा भनेका छन्, ‘पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आजैको मितिदेखि लागू हुने गरि पार्टीको साधानर सदस्य समेत नरहने गरि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दछौं ।’
सामूहिक राजीनामा दिएर राष्ट्रिय मुक्ति पार्टी, नेपाल परित्याग गर्नेमा महासचिव केशवकुमार झा र केन्द्रीय सदस्यहरू चन्द्रन्दन मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशब राजु रहेका छन् ।
राजीनामा पत्र बुझाएपछि झाले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुराना शैली र पुराना व्यक्तिहरुबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति रहेन । देशका सबै जनता निराश छन् । जति संघर्ष आन्दोलन भएपनि जनताका न्यूनतम आवश्यकताहरू पनि पूरा भैरहेको अवस्था छैन ।’
‘विचार सहितको विकल्प र विकल्प सहितको बिद्रोहको निम्ति अबको यात्रा हुँकार मधेश अभियान’सँग हुने जानकारी दिँदै आफू संलग्न रहेको पार्टीबाट अलग हुने निर्णय लिएका छौं,’ झाले भने ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया