काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले दश जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा तथा ओखर खेलिरहेको अवस्थामा दश जनालाई रकमसहित पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काभ्रेको बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय रामबहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ४ सय रूपियाँ र ओखर १४ थानसहित पक्राउ गरेको हो ।
Published : Friday, 2026 September 18, 12:55 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया