अख्तियारद्वारा नापी अधिकृत वलीलाई घुसको रकमसहित काठमाडौंमा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुसको रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले वलीलाई घुस÷रिसवत बापत नौ लाख रूपियाँ लिइसकेको अवस्थामा पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वली नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख हुन् ।
टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते वलीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिई घुस, रिसवत माग गरेको अख्तियारले जनाएको छ ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोग कार्यालय टङ्गालबाट खटिई गएको टोलीले वलीलाई नियन्त्रणमा लिएको हो ।
वलीविरुद्ध बिहीबार विशेष अदालतको आदेशबाट घुसररिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया