कांग्रेस फुटाउन देशी, विदेशी शक्तिहरूको चलखेल भएको छ : युवा नेता कल्याण कायत
ढोरपाटन । नेपाली कांग्रेस, बाग्लुङका युवा नेता कल्याण कायतले कांग्रेस पार्टीलाई फुटाउन देशी र विदेशीहरूले चलखेल गरेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् नेता कायतले भने, ‘म भन्छु कांग्रेस फुटाउन देशी, विदेशी शक्तिहरूको चलखेल भएको छ ।’
बाग्लुङको ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख समेत रहेका कांग्रेस नेता कायतले कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला कांग्रेस विभाजन हुने गरेर अधिवेशनका कार्यक्रमहरू आएको भन्दै चिन्ता जनाएका हुन् । उनले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त भएको अवस्थामा सम्वाद, सहमति र सहकार्यबाट जान नेताहरूलाई सुझाव दिए ।
उनले भने, ‘कांग्रेसी साथीहरू अनावश्यक बोल्नु, लेख्नुभन्दा पहिला राजनीतिक इतिहास कांग्रेस, कम्युनिस्टका पुस्तकहरू अध्ययन गर्नुहोस् ।’
‘म सबै जान्नेछु भन्दिन तर, केहि अध्ययन गर्छु,’ उनले भने, ‘सर्बोच्च अदालतलाई म सम्मान गर्छु तर, अदालतले कांग्रेस पार्टीको भविश्यमाथी ठूलो खेलवाड गरेको छ ।’
‘ठ्याक्कै एक महिना अगाडि विशेष महाधिवेशन आधिकारिकता सम्बन्धि पुनरावलोकन गर्न अनुमति दिएको छ यदि दिई सकेपछि यो महाधिवेशन अदालतले रोक्नुपथ्र्यो,’ नेता कायतले भने, ‘त्यसपछि सहमतिको आधारमा महाधिवेशन हुन्थ्यो ।’
‘अहिले आधिकारिकता सम्बन्धि अदालतमा विचराधीन अवस्थामा छ । फैसला कहिले हुने हो टुंगो छैन,’ नेता कायतले भने ।
कांग्रेस नेता कायतले भने, ‘प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको इजलासले प्राकृतिक न्यायको सिद्धान्त पालना नभएको भन्दै फैसला पुनरावलोकनका लागि आदेश दिएको हो । अब सर्वोच्चले पुनरावलोकन सुनुवाइका लागि नयाँ पूर्ण इजलास गठन गरी गत वैशाखको फैसला न्यायिक सिद्धान्तअनुकूल थियो वा थिएन भनी परीक्षण गर्नेछ ।’
‘कृपया शेरबहादुर देउवा पक्ष वा गगन थापा समूहभन्दै एकले अर्कोलाई गाली गर्नुभन्दा पहिला गहिरो अध्ययन गर्नुहोला धन्यवाद,’ नेता कायतले भनेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया