संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट भएको क्षतिबारे प्रमाणहरू पेस गर्नुपर्छ : सांसद डा.रेग्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वविद्यालयहरू, ईसीमोडसहितका संघ, संस्थाहरूको जलवायु परिवर्तनसम्बन्धी दस्तावेजसहित सम्बोधन गर्न सुझाव दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद डा.रेग्मीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले विश्वभरिको ध्यान नेपालतर्फ रहेको भन्दै नेपालले जलवायु परिवर्तनबाट भएको क्षति न्यूनीकरणको नेतृत्व लिनुपर्ने बताए ।

उनले भने, ‘रसुवाको बाढी के कारणले भएको थियो भन्ने कुरामा हामी क्लियर भएका छौँ । अन्य केही वैज्ञानिक प्रमाण आएपछि त्यसमा अन्य कुरा होला । क्लाइमेट जस्टिस र क्लाइमेट फाइनान्सको कुरा छ ।’

‘के नेपालसँग साइन्टिफिक एभिडेन्स् ? जसले गर्दा हामी युएन महासभामा गएर कुरा गरिराख्दा हामीले यसलाई प्रमाणित गर्न सकौं । मैले यस विषयमा लामो समयदेखि अध्ययन गरिरहेको छु,’ सांसद डा.रेग्मीले भने, ‘नेपालले मात्रै होइन, नेपालका डाटा एकातिर छदैछन् भने ईसीमोडले गरेका केही अध्ययन, अनुसन्धानहरूले पनि विशेष गरि स्याटलाईट ईमेजहरूबाट १९६० पछि धेरै नै हिमाली क्षेत्रमा परिवर्तन आएको हिमनदीहरू साना कोठाका आकारबाट दुई किलोमिटर लामा भएको र त्यहाँ करोडौं क्युबिक मिटर पानी जम्मा भएका प्रमाणहरू त्यहाँ दिइन्छन् ।’

उनले भने, ‘अझै प्रमाण नै हेर्दै जाने हो भने अन्तर्राष्ट्रिय जर्नलहरूमा पब्लिस भएका प्रिरिभ्यु जर्नलहरूलाई रिभ्यु गरेर हेर्नुपर्छ । त्यसमा अमेरिकाका होस् । चाइनाका हुन् । भारतकै हुन् । ती विभिन्न ईन्स्च्युटहरूले जहाँ आफ्ना सरकारका लगानी छन् । नाम चलेका विश्वविद्यालयहरू छन् । त्यहाँका नाम चलेका प्रोफेसरहरूले गरेका अध्ययनहरूलाई नियालेर हेर्दा पनि उहाँहरूले बारम्बार जलवायु परिवर्तन भएको छ र टेम्प्रेचराइज्ड भएको छ ।’

‘त्यसले नेपालको हिमाली क्षेत्र नभएर सम्पूर्ण हिन्दुकोष हिमालय नै हिमाली क्षेत्रहरूमा पग्लने क्रम बढेको छभन्ने कुराहरूलाई देखाएका छन्,’ रास्वपाका सांसद डा.रेग्मीले भने ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू युएनको महासभामा जाँदै गर्दाखेरी यी सबै डाटाहरूलाई कम्पायल गरेर सबैको एउटै भर्सन हुने गरि हामीले नेपालको स्पष्ट धारणा राख्न सक्यौँ भने यो अनुसार हामीलाई क्षतिपूर्ति माग्नलाई दाबी गर्ने होइन तर, एउटा कुरामा अडान के हो भने ? नेपालमा नेपालले अहिलेको यो बाढीपछि संसारलाई नै लिड गरेर जलवायु परिवर्तन भएको छ र टेप्प्रेचर राईज भएको छ, त्यसको प्रभाव हिमाल प्रष्ट देखिन्छ भन्ने कुराको डाटाहरू विश्वविद्यालयबाट आएका ती प्रिरिभ्यु जनरलहरूबाट रिभ्यु भएर पब्लिस भएका डाटाहरूलाई अगाडि सार्नुपर्छ ।’

‘म देखिरहेको छु । हिजो मात्रै वर्ल्ड वेदर रिजर्भेसनले एउटा रिपोर्ट बनाएको छ । त्यसमा क्लाइमेट चेञ्ज भएको कुरालाई स्वीकार गरिएको छ,’ डा.रेग्मीले भने, ‘कता–कता २०१५ अर्थक्वीकले गर्दा हिमाली क्षेत्र कताकता कमजोर भएर बसेको थियो त्यसैले यो कुरा असहज भयो भने कताकता यो जुन क्लाइमेट चेञ्ज थियो त्यसलाई कतै भुँइचालोतिर जोडेर हाम्रो दाबीलाई कतै कमजोर बनाउन त खोजिएको होइन ? भन्ने जस्तो लागेको छ ।’

‘यो बेला ईसीमोड लगायत जुनसुकै संस्था हुन् नेपालका विश्वविद्यालय सबैले सधै जुन डाटा ल्याएर आउँछन् तथ्य र वैज्ञानिक अनुसन्धान आधारित भएका डाटालाई अगाडि सानुपर्छ । तिनै डाटालाई लिएर प्रधानमन्त्रीको युएनको सम्बोधन गर्दा राख्नुपर्छ,’ रास्वपाका सांसद डा.रेग्मीले भने ।

Published : Wednesday, 2026 September 16, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया