उच्च अदालतमा ३ न्यायाधीश र सर्वोच्चमा २ रजिष्ट्रारको सिफारिस
काठमाडौं । न्याय परिषद् र न्याय सेवा आयोगले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार बिहान बसेको बैठक उच्च अदालतमा ३ न्यायाधीशहरूको सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ ।
फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ ।
न्याय परिषद् र न्याय सेवा आयोगको बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।
Published : Tuesday, 2026 September 15, 1:01 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया