अख्तियारद्वारा वन कार्यालयका शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) भुवन पौडेलविरुद्ध घुस, रिसवत खाएको आरोपसहित आरोप पत्र दर्ता गरेको छ ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा पौडेललाई पक्राउ गरी अख्तियारको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगोबमोजिम जरिवाना र जेल सजायको मागदाबी अदालत समक्ष लिइएको छ ।

Published : Monday, 2026 September 14, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया