भीमफेदीमा त्रिभुवन राजपथ भासियो, आवागमन एकतर्फी सञ्चालन

भीमफेदी । मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथमा सडक भासिन जाँदा सवारी आवागमनमा कठिनाइ भएको छ ।

सोमबार भदौ २९ गते बिहान करीव पौने दश बजेको समयमा भीमफेदी गाउँपालिका वडा नं. ९ अघोर बजार नजिक त्रिभुवन राजपथमा सडक तलबाट भासिन गई सवारी आवत जावतमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक भासिएको खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी खटिएर एकतर्फ सवारी आवागमनमा सहयोग गरेको छ । प्रहरीले सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउन पहल भइरहेको जनाएको छ ।

Published : Monday, 2026 September 14, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया