बेत्रावतीमा जडान गर्न भारतले दियो ७० मिटर लामो बेली ब्रिज
काठमाडौं । भारतले भोटेकोशी नदीको बाढीले क्षति पुगेको पुलमा आवत जावतमा सहजता होस् भनेर ७० मिटर लामो बेली ब्रिजको सामग्रीहरू नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूतावासका अनुसार नेपाललाई ७० मिटर लामो बेली ब्रिजका कम्पोनेन्टहरू हेटौँडामा हस्तान्तरण गरिएको छ ।
शनिबार हेटौँडामा सडक विभागको कार्यालयमा बेली ब्रिजका सामग्रीहरू हस्तान्तरण गरिएको प्रेस नोटमा उल्लेख छ ।
बेली ब्रिजका सामग्री हस्तान्तरण कार्यक्रममा सांसद प्रकट गौतम, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामका साथै जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधिहरू उपस्थिति रहेको थियो ।
भारतले हस्तान्तरण गरेको बेली ब्रिज भोटेकोशी नदीको बाढीले प्रभावित बनेको बेत्रावती क्षेत्रमा जडान गरिनेछ । भारतले फेरि पनि नेपाललाई आवश्यक्ताअनुसार बेली ब्रिजहरू प्रदान गर्ने जनाएको छ ।

बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया