वीरगञ्जमा छठ पूजा व्यवस्थापन समितिको अध्यक्षमा ठाकुर निर्वाचित

वीरगञ्ज । छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित भएका छन् ।

समितिको निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २० मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय भएका हुन् ।

निर्वाचनबाट समितिको उपाध्यक्ष, कोषाध्यक्ष तथा सचिवलगायतका पदमा समेत पदाधिकारी चयन गरिएको छ । उपाध्यक्षमा ज्ञानेन्द्र सराफ, विष्णुबहादुर घर्ती र राजेश प्रजापति चयन भएका छन् । कोषाध्यक्षमा सोहेन्द्र यादव र सह–कोषाध्यक्षमा अनिलकुमार दास तथा सचिवमा सुभाष महर्जन र सह–सचिवमा जितेन्द्र सर्राफ चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ठाकुरले स्विमिङ पुल परिसरमा छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छठ पर्वको तयारी, घाट व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा श्रद्धालुहरूको सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने समितिले जनाएको छ ।

Published : Sunday, 2026 September 13, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया