कांग्रेसप्रति माया छ, मतभेद हुन्छन्, सबैलाई सम्मान दिन डराउनु हुँदैन : नेता मल्ल
कुश्मा । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले पार्टीमा बिचार समूहहरू रहने भन्दै मतभेद भएकै भरमा नेता तथा कार्यकर्तालाई जबरजस्ती कार्य गर्न नहुने बताएका छन् ।
शनिबार कुश्मामा नेपाली कांग्रेस पर्वतले राखेको बैठकलाई सम्बोधन गर्दै नेता मल्लले कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले अर्को पक्षले पनि कार्यक्रम राखेर गतिविधिहरू गरिरहेको बताए । पर्वतमा अर्को समूहको कार्यक्रम आफैले राखेको भन्दै कार्यक्रममा सहभागी भएर सबैले सभ्य रुपमा कुरा राख्न सकिने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य समेत रहेका नेता मल्लले भने, ‘नेपाली कांग्रेसप्रतिको मायाले गर्दा पनि पार्टीभित्रको आन्तरिक मतभेदहरू मिलाऔँ भन्ने हो । अब मिलेन भने त बिकल्प त छन् ।’
‘हामीले लेखेर केन्द्रीय कार्यसमितिलाई भनौँ । अहिले विवाद नमिलएर जाँदा भोलिका दिनमा समस्या हुन्छ भनौँ,’ मल्लले भने, ‘भोलि नै मैले पनि अर्को समूहको बैठक राखेको छ । आएर कुरा राख्न सबैलाई मिल्छ ।’
‘नेपाली कांग्रेसको अहिले बिचारधीन मुद्दा छ । अदालतको फैसलाभन्दा ठूलो अर्को केही छैन । पार्टी मिलाएरै जानुपर्छ,’ उनले भने, ‘यो पार्टी फुटेर गएको, यो पार्टी अलग भएर गएको भन्ने अधिकार कसैलाई छैन ।’
उनले भने, ‘अदालतमा मुद्दा छ भोलिका दिनमा अदालतले जसलाई आधिकारिकता दिन्छ त्यसमा सबै नेपाली कांग्रेसको आस्था विचार मान्नेहरू त्यही चार तारा र रुखमा जाने हो । कुन समूलाई दिन्छ त्यही समूहमा जाने हो । कसैलाई जबरजस्ती गर्नु हुँदैन ।’
नेता मल्लले पार्टीमा आफू बृहत एकताको पक्षमा रहेको बताए । उनले भने, ‘कांग्रेसमा कसिकसाउको तरिकाले अधिवेशन गर्नुपर्छ, अधिवेशनका कुरा छन्, पार्टी मिल्नुपर्छ भन्ने केही समूहका छन् भने केही समूहका आ–आफ्ना स्वार्थ होलान् । जसरी पनि हामी एक्लै अगाडि बढ्नुपर्छ भन्ने कुराहरू पनि छन् । हामी त्यसरी जानु पनि हुन्न भन्ने मेरो व्यक्तिगत र नेपाली कांग्रेसको सिपाहीको हिसाबले पनि मैले निरन्तर पार्टीमा बृहत एकताको कुरा भन्दै आएको छ ।’
नेता मल्लले पर्वत कांग्रेसको सभापतिमा आफू झिनो मतले पराजित भएपछि जिल्लामा पार्टीको संगठन निर्माणमा होस् वा व्यक्तिगत रुपमा होस् सबैलाई सहयोग गर्दै आएको बताए । उनले भने, ‘हामीभित्र बिचार समूह धेरै हुन्छन् । सभापतिमा म थोरै मतले पराजित भएँ । तर, पनि निरन्तर म यो पार्टीलाई पर्दा घर बनाउँदा होस्, पार्टीका कुनै संघ संस्था, होला, कुनै व्यक्ति होलान्, कोही कार्यकर्ता होला, कोही नेता होलान्, सबैलाई मैले सहयोग रह्यो, गर्दै आएँ । भोलिका दिनमा पनि मेरो निरन्तर सहयोग रहन्छ ।’
नेता मल्लले भने, ‘मेरो एउटै कुरा भनेको पार्टी मिलेर जानुपर्छ । पार्टीमा कुरा सुने । होइन अहिले नै गरौँ भन्ने पनि सुने । त्यसरी तातै खाऔँ, छिटै मरौँ भन्ने कुरा पनि नगरौँ । तपाईको इतिहास पनि हामीले हेरेका हौँ, तपाईहरू १४औँ महाधिवेशनमा लड्नुभएको थियो । अहिले पनि यहाँ धेरै युवा हुनुहुन्छ ।’
‘तपाईहरूलाई फालेर तपाईहरूलाई पनि काम गर्न गाह्रो हुन्छ । युवाहरूलाई नल्याएर काम गर्दा पनि गाह्रो हुन्छ,’ नेता मल्लले भने, ‘सबै मिलेर यो पार्टी बन्ने हो । पार्टी यसैगरी बनेर आएको हो । यसलाई अन्यथा लिनुपर्ने कुरा छैन ।’
नेता मल्लले भने, ‘कांग्रेसका केन्द्रका नेताहरूबाट भएका कुरा मैले बिगतमा भन्दै आएको कुरा हो । नियमित महाधिवेशन गर्नुपर्ने थियो समयमा त्यो भएन । विशेष महाधिवेशन गर्नु हुँदैन थियो भन्ने कुरा हो मेरो, अहिले पनि छ । मेरो यो कुरा दृष्ढताका साथ रहनेछ ।’
‘विशेष महाधिवेशनले यो परिस्थिति बनाएकै हो । कुनै कुराहरूलाई होइन छैन भन्ने ठाउँ छैन । विशेष महाधिवेशनपछि अहिलेका यी बिभिन्न कुराहरू आइरहेका छन्,’ उनले भने, ‘विशेष महाधिवेशन नभएको भए यो अवस्था आउने थिएन । विशेष महाधिवेशन गरेर फाइदा पनि भएन । झनझन हामी हार्दै गयौँ, समानुपातिकमा आएको भोट पनि घट्दै गयो ।’
‘१५औँ महाधिवेशन भनेको मलाई के लाग्छ भने संविधानअनुसार अब आउने चुनावहरू केन्द्रित पनि हो,’ नेता मल्लले भने, ‘अब हाम्रा नेपाली कांग्रेसका प्रतिनिधिहरूलाई कसरी जिताउने भन्ने पनि यो अधिवेशनले तय गर्छ ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया