गौँडाकोटमा दुई वटा बस दुर्घटना, दाङसहित विभिन्न जिल्लाका १८ जना घाइते
गैँडाकोट । नवलपुर जिल्लाको गैँडाकोटमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना यात्रु घाइते भएका छन् ।
शनिबार गैंडाकोट नगरपालिका– १२, हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
दुर्घटनामा दुबै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ ।
दुर्घटनामा लु २ ख ६४५७ नम्बरको बसमा सवार कालीकोट तिलागुफा नगरपालिका– ३ बस्ने वर्ष ३६ का धनमान हमाल, नवलपुरको गैंडाकोट नगरपालिका– ५ बस्ने वर्ष अं. ६० कि लीला थापा घाइते भएका छन् ।
लु २ ख ६०३६ नम्बरको बसमा सवार चितवनको भरतपुर महानगरपालिका– ४ बस्ने बर्ष ४७ का सन्तोषबहादुर गुरुङ, नवलपुरको गैडाकोट– ७ बस्ने वर्ष १२ कि आत्रिया पौडेल, नवलपुरको गैडाकोट– १५ बस्ने वर्ष ४० की माधवा ज्ञावाली, गोरखा जिल्ला बस्ने वर्ष ३५ का शंकर बयलकोटी, नवलपुरको गैडाकोट– २ बस्ने वर्ष ३८ कि सीता ज्ञावाली, सोही ठाउँ बस्ने वर्ष ११ कि जस्विन ज्ञवाली, चितवनको रत्ननगर नगरपालिका– २ बस्ने वर्ष १० कि दिभा रानाभाट घाइते भएका छन् ।
बाराको कलैया उपमहानगरपालिका– ९ बस्ने वर्ष ६० को मोहन भैया साह, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने वर्ष ३१ कि निशा तिवारी, सोही ठाउँ बस्ने निशा तिवारीको छोरा वर्ष ८ का ऐट्रेन भट्ट, दाङ बस्ने वर्ष ५५ का निमलाल खड्का तथा निमलाल खड्काकी श्रीमती वर्ष ५५ कि अमृता खड्का, रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ५७ को मनोज गुरुङ तथा मनोज गुरुङकी श्रीमती वर्ष ५१ कि हुमा गुरुङ, नवलपुरको गैंडाकोट– ५ बस्ने वर्ष ५२ का प्रेमबहादुर रानाभाट र नवलपुरको गैंडाकोट– ६ बस्ने वर्ष ४३ कि मीरा आचार्य घाइते भएको प्रहरीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया