भैरहवाबाट काठमाडौं जाँदै गरेको १२ चक्के ट्रक त्रिभुवन राजपथमा दुर्घटना
हेटौँडा । मकवानपुर जिल्लामा १२ चक्के ट्रक दुर्घटना भएको छ ।
शनिबार बिहान ७ बजेर ५० मिनटको समयमा थाहा नगरपालिका वडा नं. ११ नौखण्डेमा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचनामार्फत् जानकारी दिएको छ ।
त्रिभुवनराजपथ सडकखण्डमा भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ४३५३ नम्बरको १२ चक्के रड बोकेको ट्रक घुम्तीमा मोड्न नसकी बाँया साईडको खोल्सामा अन्दाजी १०० मिटर तल खसेको छ ।
ट्रक दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, पालुङबाट ट्राफिक सहितको टोली खटिएर ट्रक चालक हेटौँडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर बस्ने बर्ष ३२ का राकेश तामाङको उद्धार गरेको छ । तामाङको दुबै खुट्टा र हातमा चोट, अबस्था सामान्य, घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया