बाढी प्रभावित आईटी विद्यार्थीलाई डी.केदार टेक सेभेनको अध्ययन र करियरमा सहयोग गर्ने
इमाडोल । ललितपुरको इमाडोलमा रहेको डी. केदार टेक सेभेन प्रा.लि.ले बाढी प्रभावित आईटी विद्यार्थीहरूलाई अध्ययन तथा करियरमा सहयोग गर्ने घोषणा गरेको छ ।
बाढीका कारण धेरै विद्यार्थीको पढाइ प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले आर्थिक सहयोगभन्दा पनि विद्यार्थीलाई आईटी सम्बन्धी तालिम, ईन्टर्नसिप र रोजगारीको अवसर उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार बाढी प्रभावित तथा आईटी क्षेत्रमा पढ्न र आफ्नो करियर बनाउन चाहने विद्यार्थीलाई डी.केदार टेक सेभेनबाट आवश्यक आईटी तालिम प्रदान गरिनेछ ।
तालिमपछि योग्य विद्यार्थीलाई ईन्टर्नसिप गर्ने अवसर दिइनेछ । जेब प्लेसमेन्ट तथा कामका क्रममा राम्रो क्षमता देखाउने विद्यार्थीलाई कम्पनीमै काम दिने तयारी रहेको कम्पनीले जनाएको छ । आवश्यकताअनुसार अन्य सम्भावित रोजगारीका अवसरसँग पनि विद्यार्थीलाई जोड्ने प्रयास गरिनेछ ।
कम्पनीले आर्थिक सहयोग गर्न नसके पनि विद्यार्थीको भविष्य निर्माणका लागि आफूले सक्ने सहयोग गर्न तयार रहेको जनाएको छ ।
डी.केदार टेक सेभनेका अनुसार बाढीका कारण विद्यार्थीको पढाइमा समस्या आए पनि उनीहरूको भविष्य रोकिएर बस्नु हुँदैन । त्यसैले सीप सिक्ने, कामको अनुभव लिने र रोजगारीमा जोडिने अवसर उपलब्ध गराउने उद्देश्यले यो पहल अघि बढाइएको हो ।
बाढीबाट प्रभावित भएर आईटी पढ्न चाहने वा आईटी क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरूलाई कम्पनीले प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेको छ । विद्यार्थीको अवस्था र आवश्यकताअनुसार कम्पनीले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने जनाएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया