तराई, मधेशका विद्यालयहरूमा प्रयाप्त शिक्षकको व्यवस्था गरियोस् : कांग्रेस सांसद शाह
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले तराई, मधेशका विद्यालयमा शिक्षकहरूको संख्या अपर्याप्त रहेको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दैै सांसद शाहले पहाडी जिल्लाहरूमा विद्यार्थीको संख्या थोरै हुँदा पनि शिक्षकहरू पर्याप्त रहेको बताए । उनले तराई, मधेशका जिल्लाका विद्यालयहरूमा विद्यार्थीको संख्या धेरै हुँदा पनि शिक्षकहरू अपर्याप्त रहेको बताए ।
‘नेपालको पहाडी भेगका विद्यालयहरूमा विद्यार्थी संख्या कम भए पनि शिक्षक दरबन्दी प्रयाप्त रहेका छन् । हाम्रो तराई, मधेशका जिल्लाहरूमा ठीक उल्टो अवस्था रहेको छ,’ सांसद शाहले भने ।
‘मधेशका विद्यालयहरूमा विद्यार्थीहरूको चाप अत्याधिक छ । शिक्षक दरबन्दी अत्यन्तै न्यून छ,’ उनले भने, ‘प्रयाप्त शिक्षक नहुँदा तराई, मधेशको शैक्षिक गुणस्तर र नतिजा गम्भीर रुपमा खस्की रहेको छ ।’
कांग्रेस सांसद शाहले भने, ‘यो अभाव पूर्ति गर्न स्थानीय तहहरूले आफ्नो विकास निर्माणको बजेट काटेर निजी श्रोतमा शिक्षक राख्न बाध्य छन् । यसले गर्दा तराई, मधेशको समग्र विकास निर्माणमा ठूलो असर परिरहेको छ ।’
‘एकातिर शिक्षा कमजोर भइरहेको छभने अर्कोतिर विकास निर्माण अबरुद्ध भइरहेको छ,’ सांसद शाहले भने, ‘विद्यार्थी र शिक्षक अनुपातको आधारमा शिक्षक दरबन्दी तत्काल पुनरावलोकन गरी तराई, मधेशका विद्यालयहरूमा प्रयाप्त शिक्षकको व्यवस्था गरियोस् ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया