चलचित्र निर्देशक वलीलाई पितृ शोक
तुलसीपुर । चलचित्र निर्देशक अमर वलीका पिता भीमबहादुर वलीको करीव ८१ वर्षको उमेरमा निधन भएको छ ।
दाङको दङ्गीशरण गाउँपालिका वडा नं. ६ राजपुर निवासी भीमबहादुरको भदौ १९ गते राजपुरस्थित घरमै निधन भएको परिवारजनले बताएका छन् ।
समाजसेवी भीमबहादुर वलीको राजपुरमै अन्तिम दाहसंस्कार गरिएको छ । परिवारजनले राजपुरस्थित घरमै भीमबहादुरको १३ दिनको धार्मिक कार्य भइरहेको जनाएका छन् ।
बिक्रम संवत् २००२ साल कार्तिक १ गते भीमबहादुर वलीको जन्म भएको थियो ।
स्व.भीमबहादुर वलीका पत्नी छलीकुमारी वली, छोराहरू नरेन्द्रबहादुर वली, अमर वली, मानबहादुर वली, टेकबहादुर वली, पेशल वली र छोरीहरू जीवकला खड्का र मीना बस्नेत रहेका छन् ।
निर्देशक वलीले नेपाली चलचित्रहरूमा निर्देशन गर्नुका साथै टेलिसिरियल, म्युजिक भिडियोहरूमा समेत निर्देशन गरेका छन् । उनी अभिनेता पनि हुन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया