भरतपुरमा गुड्दै गरेको ईभी कारमा आगलागी, एकजनाको जलेर मृत्यु
भरतपुर । चितवनको भरतपुरमा कारमा आगलागी हुँदा कारभित्र एकजना पुरुषको मृत्यु भएको छ ।
शुक्रबार बिहान करीब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा ईभी कारमा आगलागी भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हाल नाम, थर र ठेगाना नखुलेको एक जना मानिस जलेको अवस्थामा मृत फेला परेका हुन् ।
आगलागीबाट कारसमेत जलेर क्षति भएको छ । मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Published : Friday, 2026 September 11, 11:47 am
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया