प्रशिद्ध ज्योतिष डा.अधिकारीलाई श्रीलंकामा ग्लोवल ब्राण्ड अवार्ड प्रदान
काठमाडौं । प्रशिद्ध ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारी सम्मानित भएका छन् ।
ज्योतिष क्षेत्रमा महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै ज्योतिषहरूकै संस्था विश्वभरिका ज्योतिष बिज्ञान परिषद नेपालले सम्मान गरेको हो ।
विद्वान ज्योतिषहरूको संस्था विश्वभरा ज्योतिष बिज्ञान परिषद्ले आयोजना गरेको साधारणसभा एवं सम्मान कार्यक्रममा डा.अधिकारीले ज्योतिष क्षेत्रमा प्रशिद्धी कमाएको भन्दै सम्मान गरिएको जनाएको छ । पण्डित अधिकारीले डेढ महिनाअघि देशमा भदौ लाग्ना साथ ठूलो बिपत्ति आइलाग्ने त्यसले ठूलो जनधनको क्षति बनाउने भबिष्यबाणी गरेका थिए । उनीद्वारा गरिएको भबिष्यबाणी भदौ १० मा आएको बाढीको बितण्डाले पुष्टि गरेको छ । डा.अधिकारीले गरेको भबिष्यवाणी मिडियाबाटै सार्वजनिक पनि भएको थियो ।
पण्डित ज्योतिष डा.अधिकारीलाई विश्वाम्भरा ज्योतिष विज्ञान परिषद्को आजीवन संरक्षकमा नियुक्त पनि गरेको छ । ज्योतिष तथा धर्मशास्त्रप्रतिको डा.अधिकारीको गहन अध्ययन, अनुसन्धानशीलता, कर्मक्षमता तथा समाज र राष्ट्रप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै परिषद्ले उनलाई आजीवन संरक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
लेखक, गीतकार समेत रहेका ज्योतिष पण्डित डा.अधिकारीलाई सम्मान गर्न पाएकोमा बिश्वभरा ज्योतिष बिज्ञान परिषदले खुशी व्यक्त गरेको छ । वाल्मीकि विद्यापीठका प्रमुख÷प्राचार्य प्रा.डा.अच्युतप्रसाद लामिछाने, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पुरुषोत्तम भट्ट राई, धर्मशास्त्रका विद्वान् प्रा.डा.देवमणि भट्ट राई, ज्योतिषी दीननाथ पण्डित लगायत बिभिन्न क्षेत्रका बिद्वानहरू, प्राध्यापकहरू, पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीहरूले पण्डित डा.अधिकारीको खुलेर प्रशंसा गरेका छन् ।
सोही अवसरमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी ढकाल अधिकारीलाई पनि सम्मान गरिएको छ । डा.अधिकारीलाई ज्योतिष क्षेत्रमा उचाइँमा पु¥याउन धर्मपत्नी लक्ष्मीको उत्तिकै भूमिका रहेको भन्दै सम्मानसहित परिषदको उपाध्यक्षमा चयन गरिएको छ ।
सोही समारोहमा डा.अधिकारीद्वारा रचित ‘हे रामजी भक्तिमय भजन’ एल्वम पनि सार्वजनिक गरिएको छ । ज्योतिष कुलानन्द ढकालले १८२६ कात्तिक २९ गते भक्तपुरमा आक्रमण हुने भनी गरेको भबिष्यबाणी ठ्याक्कै मिल्न गएको र २९ गतेदेखि आक्रमणमा २ हजार बढि मारिएको र मंसिर २ गते भक्तपुरले विजय हासिल गरेको स्मरण गर्दै ज्योतिष बिद्या नभै नहुने हो तर, कतिपयले त्यसलाई ब्यापार मात्र होइन कतिपय व्यक्तिका कारण सिंगो ज्योतिष समुदायमाथि आक्षेप लागेको तर्फ कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।
ज्योतिष, धर्मशास्त्र, वेद, उपनिषद्, पुराण तथा सनातन धर्म–संस्कृतिका क्षेत्रमा क्रियाशील विद्वान्, अनुसन्धानकर्ता, पण्डित तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न सम्मेलनले धर्म, संस्कृति र ज्योतिषको संरक्षण, संवर्द्धन तथा जनहितमा प्रभावकारी उपयोगका लागि संकल्प गरेको छ ।
आजीवन संरक्षकको जिम्मेवारी प्राप्त गरेपछि डा. रुद्रनाथ अधिकारीले परिषद्लाई अनुसन्धान, खोज र शास्त्रीय अध्ययनका क्षेत्रमा अझ सशक्त बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले ज्योतिषको मौलिकता र शास्त्रीय आधारलाई संरक्षण गर्दै समयानुकूल अनुसन्धानसँग यसको समन्वय गर्ने, विद्यमान विकृति र विसङ्गतिलाई तथ्य तथा प्रमाणका आधारमा चिर्ने र ज्योतिषीय ज्ञानलाई जनहितमा प्रभावकारी रूपमा प्रयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्योतिष तथा आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदान, ज्योतिषको खोज, शोध तथा सेवाका क्षेत्रमा निर्वाह गरेको भूमिकाको कदर गर्दै गत हप्ता मात्रै श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय बिशेष कार्यक्रममा पण्डित डा.अधिकारी ग्लोवल ब्राण्ड अवार्डबाट सम्मानित भएका थिए ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया