भदौ २४ को विध्वंसले खरानी बनेका भाटभेटनी उठिसके, सिंहदरबार र गृहमन्त्रालय बेवारिसे देख्छु : रास्वपा महामन्त्री आचार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री समेत रहेका सांसद विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण शीघ्र हुनेमा शंका व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आचार्यले जलेको सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको बताए । उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा कसरी विश्वास गर्ने ? भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
उनले भने, ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
पुनर्निर्माणका लागि के–के नीतिगत र व्यवहारिक कमजोरी छन् ? त्यो पत्ता लगाएर गति बढाउन उनले सरकारसँग आग्रह गरेका छन् ।
उनले निजी क्षेत्रले पुनर्निर्माणको काममा गरेको प्रगतिको प्रशंसा गरेका छन् । आफू घरबाट महाराजगञ्ज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउने गरेको बताउँदै सांसद आचार्यले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ ।’
उनले सिंहदरबार छिर्दा त्यो ऊर्जा बाँकी नरहने गरेको बताएका छन् । ‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु’, सांसद आचार्यले भने, ‘यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकामा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया