भूकम्पले लोमन्थाङमा क्षति, कांग्रेस सांसद थकालीद्वारा राहत र पुनःनिर्माण गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङ जिल्लामा भदौ २३ गते आएको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुनःनिर्माण र प्रभावितहरूलाई राहतको व्यवस्था माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थकालीले लोमन्थाङ गाउँपालिकाअन्तर्गत छोसे केन्द्र बिन्दू भएर ५.३ म्याग्नेच्युटको भूकम्प जाँदा निजी सम्पत्तिर पुरातत्व महत्व बोकेका संरचनामा क्षति पुगेको बताए । उनले भूकम्पले मानवीय क्षति नभएको संसदलाई जानकारी गराएका छन् ।
सांसद थकालीले भने, ‘मस्ताङ जिल्लामा भाद्र २३ गते राति लोमन्थाङ गाउँपालिका अन्तर्गत छोसे केन्द्र बिन्दु अन्तर्गत भएर गएको ५.३ म्याग्नेच्युटको भूकम्पपछि पछिल्लो २४ घण्टामा पटक पटक गरि करीव ८ पटकसम्म धक्का महसुस भएको छ ।’
‘यसबाट मुस्ताङको लोमन्थाङ गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘गाउँपालिकाको प्रारम्भीक अध्ययनअनुसार करीव ३ सयदेखि ५ सय घरधुरीसम्म सामान्यदेखि गम्भीर प्रकृतिको क्षति पुगेको छ । केही घरहरू बस्न नमिल्ने तथा अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ ।’
सांसद थकालीले भने, ‘लोमन्थाङ ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको एक उच्च हिमालीबस्तीको मानव सभ्यता हो । जहाँ ¥याफअड प्रतिविधिबाट निर्मित परम्परागत माटाका घरहरू छन् । यसमा एउटा जीवित संग्राहलय रुपमा पनि परिचित छ ।’
‘भूकम्पका कारण चर्किएका र कमजोर बनेका संरचनामा त्यसपछि वर्षाले थप क्षति पु¥याएको हुँदा प्रभावित क्षेत्रमा थप चुनौति तथा जोखिम बढेको छ,’ सांसद थकालीले भने, ‘भूकम्पबाट आवाससँगै पाँच वटा वडा अन्तर्गत विद्यालयहरू, सार्वजनिक संरचना तथा ऐतिहासिक र धार्मिक सम्पदामा समेत क्षति पुगेको प्रारम्भीक विवरण आएको छ ।’
सांसद थकालीले भने, ‘लोमन्थाङ– ५ स्थित करीव ७ सय वर्ष पुरानो ऐतिहासिक छोरे गुम्बासमेत क्षति पुगेको छ । हालसम्म मानवीय क्षतिको विवरण नआए पनि प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहत आवश्यक देखिन्छ ।’
‘बस्न नमिल्ने घरहरूको तत्काल पहिचान गरि अस्थायी आवसा तथा आवश्यक रहतको व्यवस्था गर्न, बिस्तृत प्राविधिक मूल्याङ्कन गर्नका लागि अध्ययन टोली परिचालन गर्न, क्षतिको मूल्याङ्कनका आधारमा प्रभावित घरधुरीलाई क्षतिपूर्ति तथा पुनःनिर्माणको स्पष्ट व्यवस्था गर्न र विद्यालय तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःस्थापन गर्नका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ कांग्रेस सांसद थकालीले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया