वीपीका विचार, आदर्श र सिद्धान्तहरू बन्धनमा रहने विषय होइन : नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले वीपी कोइरालाको विचारबाट प्रेरणा लिँदै समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको सङ्कल्पमा जुट्न आह्वान गरेका छन् ।
बुधबार ११३औँ वीपी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै नेता गुरुङले वीपीका विचार, आदर्श र सिद्धान्तहरू कुनै समयसापेक्ष वा सीमित दायरामा बन्धनमा रहने विषय नरहेको बताए । उनले भने, ‘यी त आजको बदलिँदो समय र परिवेश अनुसार परिष्कृत ढङ्गले बुझ्नुपर्ने र नयाँ युवा पुँजीमा हस्तान्तरण गर्नुपर्ने अमूल्य मार्गदर्शक हुन् ।’
‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उनको आधारभूत मन्त्र आज पनि देशको मुहार फेर्न र युवाहरूलाई जोड्न उत्तिकै सान्दर्भिक छ,’ नेता गुरुङले भने ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस नेता गुरुङले भने, ‘राजनीति भनेको पद वा अवसर मात्र नभई जनताको सेवा र सिद्धान्तप्रतिको निष्ठा हो भन्ने विपीको मान्यतालाई आत्मसात् गर्दै, आजको युवा पुस्तालाई नेपाली कांग्रेसको वैचारिक धारमा आकर्षित गर्नु र उनीहरूको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।’
उनले भने, ‘११३औँ वीपी जयन्तीको यस पवित्र अवसरमा, नेपालको लोकतान्त्रिक आन्दोलनका मार्गदर्शन, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं समाजवादी चिन्तक महामानव विश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया