चार पटक भेट्न पाइन भन्ने गगनलाई देउवाले समय दिएर बोलाउँदा भेट्नै गएनन्

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला शेरबहादुर देउवाले मंगलबार गगन थापालाई भेट्न बोलाए पनि बिभिन्न बहाना बनाएर भेट्न गाएका छैनन् ।

देउवाले मंगलबार ३ बजेका लागि आफ्नो निवास महाराजगञ्जमा थापालाई बोलाएका थिए । तर, थापाले आफू काठमाडौं उपत्यका बाहिर रहेको भन्दै देउवालाई भेट्न नगएको देउवा निकट उच्च स्रोतले जनाएको छ ।

देउवालाई भेट्न चार पटकसम्म प्रयास गर्दा भेट्न पाइन भनेर थापाले बबण्डर मच्चाइरहेका छन् । देउवाले विभिन्न सञ्चारमाध्यमबाट सो कुराको जानकारी पाएपछि देउवाले आफ्नो सचिवालयमार्फत थापासँग सम्पर्क गरि मंगलबार ३ बजे भेट्न बोलाएका थिए । तर, थापा आफू व्यस्त रहेको भन्दै भेट्न नगाएको स्रोतले जनाएको छ ।

देउवा कांग्रेसभित्र बृहत एकताका लागि निरन्तर प्रयास गरिरहेका छन् । देउवा कांग्रेस विभाजन नहोस् भन्ने पक्षमा छन् । सोही कारण देउवाले अहिले पनि न्यायलयमार्फत् दवाव सिर्जना गरेर सबै पक्षसँग सहमति, सहकार्य र सम्वादमार्फत् अगाडि बढ्न चाहेका छन् । देउवाले चाहेको भए अहिलेसम्म नयाँ दल दर्ता गरेर जान सक्ने थिए । तर, उनले कांग्रेसका लागि त्यो कदम उठाएका छैनन् । आफूसँग रहेका पार्टीका साथीहरूलाई बीचमै धोका दिएर जाने पक्षमा पनि देउवा छैनन् । सबैलाई समेटेर देश र राष्ट्रियताका लागि कांग्रेसलाई देउवाले बलियो बनाउन चाहेका छन् । तर, थापाले कुनै विषयको प्रावह नगरेर महाधिवेशनको कार्यतालिका बनाएर एकलौटी रुपमा अगाडि बढेपछि चिन्ता बढाएको छ ।

कांग्रेसमा बृहत एकताका लागि नेताद्वय पूर्णबहादुर खड्का र डा.शेखर कोइराला पनि इमान्दारिताका साथ लागेका छन् । कांग्रेसमा बृहत एकताका लागि डा.कोइरालाले आफूलाई कुनै पनि पद चाहिँदैन भनेर सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । देउवाले पनि स्वदेश फिर्ता हुँदा जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक भएर बस्न चाहेको बताइसकेका छन् । खड्काले पनि कांग्रेसको बृहत एकताका लागि सबै त्याग गर्न तयार रहेको र साधारण कार्यकर्ता बनेर बस्न चाहेको सन्देश दिइसकेका छन् ।

Published : Wednesday, 2026 September 9, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया