बाढीमा मृत्यु भएकाहरूप्रति रोटरी क्लब अफ राप्तीद्वारा श्रद्धाञ्जलि व्यक्त

मसुरिया । रोटरी क्लव अफ राप्तीले भोटेकोशी नदीको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

सोमबार दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ, पुल्चोकमा रोटर क्लबका सदस्यहरूले मैन बत्ति बालेर मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

भदौ १० गतेको बाढीले जनधनीको ठूलो क्षति भएको छ । उल्लेख्य संख्यामा सर्वसाधारण हराइरहेका छन् । भौतिक सम्पत्ति पनि बाढीले क्षति गरेको छ ।

Published : Monday, 2026 September 7, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया