कांग्रेसद्वारा भक्तपुरमा भदौ २४ गते वीपी बिचार गोष्ठी गर्ने, उपस्थित हुन आह्वान

भक्तपुर । नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जयन्तीको अवसरमा ‘वीपी बिचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक बिचार गोष्ठिको कार्यक्रम राखेको छ ।

भक्तपुरको होरिटेज पार्टी प्यालेस, राधेराधेमा भदौ २४ गते दिउँसो १ बजे कार्यक्रम हुनेछ । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाका अनुसार वीपी जयन्तीका अवसरमा बिचार गोष्ठीको कार्यक्रम राखिएको बताए ।

बिचार गोष्ठीलाई नेपाली कांग्रेसका नेताहरूले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले ११३औँ वीपी जयन्तीका अवसरमा बिचार गोष्ठी गर्ने निर्णय गर्दै तयारीका लागि भक्तपुर कांग्रेसलाई जिम्मेवारी दिएको थियो ।

Published : Monday, 2026 September 7, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया