परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युनबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा दक्षिण कोरिया सरकारप्रति आभार प्रकट गरेका छन् ।

भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएका छन् ।

Published : Sunday, 2026 September 6, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया