राष्ट्रिय सभाका सांसद ठाकुरको मुटुको सफल उपचार, पेसमेकर प्रतिस्थापन
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का संरक्षक एवम् राष्ट्रिय सभाका सदस्य (सांसद) महन्थ ठाकुरको शहीद गंगालाल हृदयरोग निवारण केन्द्र, काठमाडौंमा मुटुको उपचार भएको छ ।
नेता ठाकुरको मुटुको पेसमेकर प्रतिस्थापन भएको छ । उनको सफलताको साथ मुटुको पेसमेकर प्रतिस्थापन भएको जसपाका महासचिव डा.सुरेन्द्रकुमार झाले बताएका छन् । ठाकुरको स्वास्थ्य अवस्था बुझ्न नेताहरू शनिबार गंगालाल अस्पताल पुगेका थिए ।
महासचिव डा.झाका अनुसार राष्ट्रिय सभाका सांसद ठाकुरको स्वास्थ्यमा सुधार भएपछि आजै शनिबार बेलुका अस्पतालबाट डिस्चार्ज गर्ने चिकित्सकहरूले तयारी गरेका छन् ।
नेता ठाकुरको स्वास्थ्य अवस्था बुझ्न जसपा नेपालका सहअध्यक्ष एवम् पूर्वमन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, जसपा नेपालका नेता एवम् पूर्वमन्त्री मृगेन्द्रराज सिंह, जसपा नेपालका उपाध्यक्ष गोविन्द चौधरी, जसपा नेपालको उपमहासचिव एवम् प्रदेश सांसद जयनुल राईन, राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिलकुमार महासेठ, केन्द्रीय सदस्य उदयचन्द्र मिश्र, रेणु झा, विमलेशकुमार झा तथा राकेश झा लगायतका नेताहरू अस्पताल पुगेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया