औरहीका तत्कालीन प्रशासकीय अधिृकतसहित ४ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार विशेष अदालत, काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध ८ लाख २ हजार ८ सय ७८ हजार रुपियाँ र भ्रष्टाचार कसूरको माग दाबी गर्दै अभियोगपत्र दायर गरिएको छ । औरही गाउँपालिकाका तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेशनारायण शर्मा, औरही गाउँपालिकाका तत्कालीन लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका वडा नं. ४ का प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध पनि अभियोग पत्र दायर गरिएको छ ।
प्रवक्ता न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला सिरहा, औरही गाउँपालिकाबाट आ.व. २०७८/०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा कृषक समूहसँग लागत सहभागितासहित सम्झौता गरेकोमा कार्य सम्पन्न नगरी भुक्तानी दिने क्रममा अनियमितता गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा औरही गाउँपालिकाबाट आ.व. २०७८/०७९ मा माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको लागि प्रगतिशील कृषक समूह औरही–४ सिरहा र औरही गाउँपालिकाबीच रू.१५,००,००/– (पन्ध्र लाख रूपियाँ) रकममा तोकिएको मापदण्ड अनुसार कार्य सम्पन्न गर्न मिति २०७९/०३/१३ गते सम्झौता भई कार्य गर्दा राष्ट्रसेवक कर्मचारी तथा प्रगतिशील कृषक समूहका अध्यक्षले आफूलाई गैरकानूनी रुपमा लाभ लिने सरकारी एवं सार्वजनिक संस्था औरही गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने बदनीयतले एक आपसमा मिलोमतो गरी माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको लागि छनौट भएको प्रगतिशील कृषक समूहले माछा भुरा, माछा दाना, चुना र अरिमन फोस्ट एहलिडेड खरिद वितरणसम्बन्धी कार्यक्रममा सम्झौता अनुसार किसानहरूलाई सामाग्री वितरण गर्नुपर्नेमा कम वितरण गरी पूरा काम भएको भनी झुट्टा बिल भरपाईको आधारमा रू.८,०२,८७८/– (आठ लाख दुई हजार आठ सय अठहत्तर रूपियाँ) बढी भुक्तानी लिने/दिने कार्य गरेको देखिंदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया