विद्युत् प्राधिकरणका इञ्जिनियर यादवलाई घुसको रकमसहित अख्तियारद्वारा गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर (सातौं) कृष्णनारायण यादव घुस, रिसवतको रकमसहित रंगेहात पक्राउ गरेको छ ।
बुधबार अख्तियारको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इञ्जिनियर (सातौं) यादवलाई ५० हजार घुसको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इञ्जिनियर यादवले गार्मेन्ट उद्योगमा २० के.भि. क्षमताको विद्युत् लाइन जडान गर्नको लागि सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस, रिसवत माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले छापामारेको जनाएको छ ।
अख्तियारको टोलीले इञ्जिनियर यादवलाई सेवाग्राहीबाट घुस, रिसवत बापत रू.५० हजार रूपियाँ) लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको थप रू.१२ हजार ८५ रुपियाँसहित इटहरी उपमहानगरपालिका वडा नं. ९ बाट नियन्त्रणमा लिइएको प्रवक्ता न्यौपानेले बताए ।
घुसको रकमसहित रंगेहात पक्राउ परेका इञ्जिनियर यादवलाई अख्तियारको टोलीले बिहीबार विशेष अदालत, काठमाडौंमा पेस गरेको छ । अदालतको आदेशबाट यादवविरुद्ध म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया