कांग्रेस दाङ क्षेत्र नं. १ द्वारा बाढी प्रभावितलाई १ लाख ११ हजार सहयोग

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले भोटेकोशी बाढी प्रभावितका लागि पार्टीको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा सभापति पाण्डेले आर्थिक सहयोगको रकम जम्मा गरेका हुन् । रकम विपद् व्यवस्थापनका लागि केन्द्रीय कोषमा सहयोगस्वरूप जम्मा गरिएको उनले बताएका छन् ।

क्षेत्रीय सभापति पाण्डेले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले पार्टीको तर्फबाट उक्त रकम प्रदान गरिएको बताएका छन् ।

पाण्डेले विपद्को अवस्थामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग र राहत कार्यमा सक्रिय हुनसमेत आग्रह गरेका छन् ।

Published : Thursday, 2026 September 3, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया