बाढीमा परेर मृत्यु भएका कुँवरप्रति सशस्त्रका आईजीपी पौडेलद्वारा श्रद्धाञ्जलि व्यक्त, बेपत्ता हवल्दारका परिवारसँग भेट
काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु भएका सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले श्रद्धाञ्जलि दिएका छन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहका क्रममा कुँवरको मृत्यु भएको थियो । कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बराफेदीमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
स्व.कुँवरका परिवारजन तथा बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि आईजीपी पौडेलले भेटघाट गरेका छन् । आईजीपी पौडेलले शोकमा रहेका परिवारजनप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेका छन् ।
आशिष पौडेल लगायत बेपत्ता भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल निरन्तर समर्पित रहिरहने आईजीपी पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया