पाँच सय परिवारका लागि राहत लिएर समाजसेवी योञ्जन रसुवा प्रस्थान
काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरूलाई खाद्यान्नसहितको राहत लिएर समाजसेवी गणेशमान योञ्जन रसुवातर्फ प्रस्थान गरेका छन् ।
मंगलबार योञ्जन करीव ५०० घरपरिवारका लागि राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेका हुन् । उनले आज बुधबार राहत सामग्री सम्बन्धित पालिकामा लगेर बुझाउने तयारी गरेका छन् ।
‘निरन्तर वर्षा, पहिरो र जामका कारण करीब ६ घण्टादेखि बाटोमै रोकिएको छु,’ समाजसेवी योञ्जनले भनेका छन्, ‘अझै करीब ५ घण्टाको यात्रा बाँकी छ ।’
‘यात्रा कठिन छ । तर, राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउन प्रयास जारी छ,’ उनले भने, ‘भोलि बुधबारसम्म रसुवा पुग्ने आशा गरेको छु ।’

Published : Wednesday, 2026 September 2, 11:40 am
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया