भोटेकोशीको बाढीबाट ५ जिल्लाका ४९ वडा अति प्रभावित, ती वडाहरूमा राहतको आवश्यक्ता
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका १५ पालिकाका ४९ वडाहरू अति प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका पालिकाहरू अति प्रभावित भएको देखिन्छ ।
तथ्याङ्कअनुसार रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५, गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर २, ५, १ र ३, आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर १, कालिका गाउँपालिका वडा नम्बर १ बाढीको उच्च चपेटामा परेका छन् ।
नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ र २, किस्पाङ गाउँपालिका वडा नम्बर ५, विदुर नगरपालिका वडा नम्बर १, ४, ५, ८ र १०, बेलकोटगढी नगरपालिका वडा नम्बर २, ७ र ८ बाढीबाट प्रभावित भएका छन् ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६, ४, ८, १ र २, गजुरी गाउँपालिका वडा नम्बर १, ३, ४ र ६, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३, ५, ७, ९ र १०, सिद्धलेक गाउँपालिका वडा नम्बर ३, ४, ६ र ७ बाढीको चपेटामा परेका छन् ।
बाढीबाट गोरखाको गण्डकी गाउँपालिकाका वडा नम्बर १, २, ६, ७ र ८, तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ र ५, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ र ५ अति प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार प्रभावित स्थानहरूबाट हालसम्म विदेशी दुई सय ५२ र नेपाली तीन हजार तीन सय ४४ जनाको हवाई उद्धार भइसकेको छ ।
प्राधिकरणले रसुवा बाढीमा परेर हालसम्म नौ सय तीन जनाको निधन भएको पुष्टि गरेको छ । बाढीमा परेर हालसम्म दुई सय ६७ व्यक्ति घाइते भएका छन् । करीब चार हजार तीन सय ४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले धादिङ जोड्ने वैकल्पिक मार्ग धादिङबेसी परेवाटार–नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार केउरिनटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) पृथ्वी राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जी–लच्याङ–समथ्र्यौली–पाटिखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग रसुवा)–कालिकास्थान–धुन्चे मार्ग प्रगोग गर्न आग्रह गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया