तरुण दल चितवनका उपाध्यक्ष गुरुङको नेतृत्वमा बेलकोटगढी–७ लामुसोती गाउँमा राहत वितरण
काठमाडौं । नेपाल तरुण दल, चितवनका उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७, लामुसोती गाउँमा राहत सामग्री वितरण भएको छ ।
बाढीबाट प्रभावित तथा आवश्यक्तामा रहेका स्थानीय परिवारलाई कपडा, फाईवर ब्ल्याङ्केट २७ प्रिस, खाद्यान्नको मिक्स पोका सामान २९ पोका, चामल २८ बोरा, म्याट २६ पिस, झुल १५ पिस, त्रिपाल ११ पिस, बाल्टी १० पिस, स्यानिटरी प्याड, साबुन, फ्रुटी, दालमोट, चाउचाउ लगायतका अत्यावश्यक सामग्री वितरण गरेको नेपाल तरुण दल चितवनका सचिव स्वरुप गुरुङले बताए ।
दैनिक उपभोगका सामग्री, लगाउने कपडा, ओढ्ने–ओछ्याउने सामग्री तथा महिलाका लागि आवश्यक स्यानिटरी प्याड उपलब्ध गराएर विपद्को समयमा प्रभावित परिवारको दैनिकी सहज बनाउने प्रयास गरिएको सचिव गुरुङले बताएका छन् ।
उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा चितवनबाट नुवाकोट पुगेको टोलीले राहत वितरणलाई केवल सामग्री हस्तान्तरणमा सीमित नराखी प्रभावित समुदायसँग प्रत्यक्ष जोडिने प्रयास गरेको जनाएको छ ।
राष्ट्रिय विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु र आवश्यक सहयोग पुर्याउनु मानवीय कर्तव्य भएको तरुण नेताहरूले बताएका छन् ।
राहत लिएर जाने टोलीमा युवा नेता अनिश पन्त, विवेक पाण्डे, सम्राट ठकुरी, अजय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
बेलकोटगढी–७ लामुसोतीका प्रभावित नागरिकले विपद्को कठिन समयमा टाढाबाट आएर राहत सामग्रीसहित आफूहरूको अवस्था बुझ्न पुगेको तरुणहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया